२०८२ कार्तिक १९ गते बुधवार / Nov 05 , 2025 , Wednesday
२०८२ कार्तिक १९ गते बुधवार
Ads

नेपाल इन्भेस्टमेन्ट मेगामा ६.२९ प्रतिशतमा गाडी कर्जा

shivam cement
२०८२ भदौ ३ गते २१:१२
Shares
नेपाल इन्भेस्टमेन्ट मेगामा ६.२९ प्रतिशतमा गाडी कर्जा

काठमाडौं : नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकका ग्राहकवर्गले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने भएका हुन् ।

बैंकले हालका लागि गाडी कर्जाको ब्याजदर केबल ६ दशमलव २९ प्रतिशत (२०८२ भाद्र महिनाको आधारदर ५ दशमलव ७९ प्रतिशतमा शून्य दशमलव ५ प्रतिशत थप गरी हुन आउने ६ दशमलव २९ प्रतिशत) कायम गरेको छ । आगामी दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।

सीमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरूबाट लिन सकिने बैंकले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर