२०८२ भदौ ४ गते बुधवार / Aug 20 , 2025 , Wednesday
२०८२ भदौ ४ गते बुधवार
Ads

कृषि समिति चेम्बर र ब्रिज इन्टरनेसनलले सहकार्य गर्ने

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते २१:००
कृषि समिति चेम्बर र ब्रिज इन्टरनेसनलले सहकार्य गर्ने

काठमाडौं : कृषि, जडिबुटी तथा वन समिति चेम्बर अफ कमर्स र दक्षिण कोरियाको ब्रिज इन्टरनेसनलले सहकार्य गर्ने भएका छन् । कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यम एसएमइको विकासका लागि दुई पक्षबीचमा सहकार्य गर्ने सम्झौता भएको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा कृषि, जडीबुटी तथा वन समितिका सभापति कृष्णमान श्रेष्ठ र ब्रिज इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत जिनसोल वाङले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतामा दुवै पक्षले कृषि तथा उद्यमशीलतासम्बन्धी जानकारी आदानप्रदान गर्ने, नेपालको बजार अवस्था र व्यावसायिक सम्भावनाबारे संयुक्त अध्ययन गर्ने विषय समावेश गरिएका छन् ।

ब्रिज इन्टरनेसनलले नेपालको नवप्रर्वधन व्यवसायलाई केन्द्रदेखि स्थानीय तहसम्म प्राविधिक सहयोग पुर्‍याउने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै, नेपाल र कोरियाका स्टार्टअपहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी र प्रवर्धन गर्ने, व्यावसायिक नेटवर्किङका अवसर सिर्जना गर्ने, साथै मेन्टरसिप र सिप आदानप्रदान गर्ने सहमति भएको छ । दुई संस्थाबीच संयुक्त कार्यशाला, प्रशिक्षण र अनुभव आदानप्रदानमार्फत दुवै देशका नवप्रवर्धन व्यवसायीलाई लाभ हुने विश्वास गरिएको छ ।

यसैगरी, दुवै देशका व्यवसायी तथा उद्यमशील युवाबीच एकअर्काका देशमा भ्रमणमार्फत व्यवसाय प्रवर्धन गर्ने, एकअर्काको बजारमा सम्भाव्यताका अवसर खोज्ने र नयाँ सम्भावना विकास गर्ने योजना पनि सम्झौतामा उल्लेख छ । साथै, कोरियाबाट सिप सिकेर फर्किएका युवाहरूको लगत संकलन गरी, उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि र व्यावसायिक सञ्जाल विस्तारमा नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise