२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते १८:२६
वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

काठमाडौंः वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभाकोअर्थ समितिबाट पारित गरिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो । समिति सभापति सन्तोष चालिसेले विधेयकको प्रतिवेदन छिट्टै संसदमा प्रस्तुत गरिने बताए ।

सरकारले राष्ट्रिय प्राथमिकताका आयोजनामा स्रोत जुटाउन र सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्ने प्रयोजनले विधेयक ल्याएको हो ।

बैठकमा बोल्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयक पास भइसकेपछि मुलुकको खर्च गर्ने क्षमताअनुसार पर्याप्त स्रोत जुटाउन सकिने विश्वास व्यक्त गरे । विधेयक पास भइसकेपछि बजेटको अभावमा योजना कटौति गर्नुपर्ने विद्यमान समस्यामो समेत हल गर्ने विश्वास व्यक्त गर्दै यस विधेयकलाई छिटो संसदमा प्रस्तुत गर्न समेत आग्रह गरे ।

विधेयकले विकासको गतिलाई तीब्रता दिन, विदेशी लगानी आकर्षण र पुँजी परिचालन गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे । 

ADV

सम्बन्धित खबर

Advertise