२०८२ भदौ ३ गते मङ्गलवार / Aug 19 , 2025 , Tuesday
२०८२ भदौ ३ गते मङ्गलवार
Ads

कांग्रेस र एमालेले बोलाए संसदीय दलको आकस्मिक बैठक

shivam cement
मध्यान्ह
२०८२ भदौ ३ गते १०:५५
कांग्रेस र एमालेले बोलाए संसदीय दलको आकस्मिक बैठक

काठमाडौँ : नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ । आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो । 

नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ । एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिए । 

संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने केही सांसदको अनुमान छ । एमालेले बैठक बोलाएपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको हो । सांसदहरूसँग छलफल गरेर उपसभामुखबारे निर्णय गर्न लागेको कांग्रेस स्रोतले बताइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise