२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

Nada
२०८२ भदौ ३ गते ०८:३२
Shares
टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौँ : अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो चौथौँ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दै छ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे शुरु हुनेछ ।

ncell

नेपालले हालसम्म सिरिजमा खेलेका तीन खेलमा हार बेहोर्नु परेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ।

नेपाली टिम रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर