२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

shivam cement
२०८२ भदौ २ गते १५:४०
राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।

आफू राजनीतिक चेत बोकेको सफल व्यवसायी भएको बताउँदै उनले आफ्ना लागि अब परिवार र आफू भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेको बताए ।

राजनीतिले बिगारेको अवस्था सुधार्न आफू र अभियानका साथीहरूले दल खोल्ने अठोट गरेको उनको भनाइ छ । केही दिनमै दलको नाम घोषणा गर्ने प्रसाईंले बताए ।

गत चैत १५ गते भएको राजावादीको तीनकुने आन्दोलनमा संलग्न भएको आरोप लागेका उनले आफूलाई भौतिक रूपमा नै सिध्याउन खोजेको आरोप लगाए ।  सोहीकारण त्यस दिन आफू भागेको उनको तर्क थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर