काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको पाँचौं महाधिवेशन आगामी मंसिरमा हुने भएको छ ।
तरुण दलका अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गरी मंसिर २६ देखि २८ गतेसम्म पाँचौं राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिए । लामो समयदेखि तरुण दलको महाधिवेशन हुन नसकेकाले कांग्रेसले निर्देशन समिति बनाएको थियो ।
तरुण दलले आगामी भदौ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय एवं जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गर्नेछ ।
यस्तै, कात्तिक २० गतेभित्र प्रदेशसभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कात्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने र मंसिर २६, २७ र २८ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गरिने अध्यक्ष गुरुङले बताए ।