काठमाडौं : काठमाडौं न्युरोडको जोय स्टोर र प्रभु बैंकबीच व्यावसायिक सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौतासँगै बैंकका कर्मचारी तथा ग्राहकले आइफोनमा ५ प्रतिशत, म्याकबुकमा ५ प्रतिशत र एसेसरिजमा २० प्रतिशत छुट पाउनेछन् । साथै, क्रेडिट कार्ड बाहकले इन्स्ट्रापे स्किमबाट किस्ताबन्दी सुविधा पनि पाउने भएका छन् ।
सो छुट सेवासुविधा जोय स्टोरमा प्राप्त गर्न सकिनेछ । सो सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक गुरुदत्त शर्मा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।