२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

नेपालमा पहिलोपटक डब्लु–वान कार्टिङ च्याम्पियनसिप हुँदै

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते १९:४४
नेपालमा पहिलोपटक डब्लु–वान कार्टिङ च्याम्पियनसिप हुँदै

काठमाडौं : नेपालमै पहिलोपटक डब्लु–वान कार्टिङ च्याम्पियनसिप हुने भएको छ । द वन्डरल्यान्ड गेम जोनले आगामी अगष्ट २९, ३० र ३१, २०२५ मा आयोजना हुने सो प्रतियोगिताबारे आधिकारिक घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुने यो ऐतिहासिक मोटरस्पोर्ट प्रतियोगितामार्फत नेपालमा कार्टिङ रेसिङलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रतियोगिताले मोटरस्पोर्ट संस्कृति विकास गर्ने, युवामा उत्साह जगाउने र अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धी चालक उत्पादन गर्ने अपेक्षा गरिएको छ ।

वन्डरल्यान्डले नेपालभर लोकप्रियता हासिल गर्दै सबै उमेर समूहका दर्शक र सहभागीलाई आकर्षित गर्न सफल हुँदै आएको छ । आयोजकका अनुसार यो च्याम्पियनसिप हेर्न आउने अभिभावक, बालबालिका तथा युवा सबैका लागि मनोरञ्जनात्मक वातावरण हुनेछ ।

नेपालकै शीर्ष मनोरञ्जन पार्क वन्डरल्यान्डमा थ्रिल राइडदेखि लिएर भर्चुअल रियालिटी अनुभवसम्मका गतिविधि उपलब्ध छन् । त्यस्तै, गो–कार्टिङ, भर्चुअल रियालिटी, मोटराइज्ड जिपलाइन, प्रोजेक्सन बोलिङ, ट्राम्पोलिन, आउटडोर राइड र आर्केड खेलजस्ता सुरक्षित तथा रोमाञ्चक विकल्पले पारिवारिक भेटघाटलाई अझ यादगार बनाउँदै आएको छ ।

मनोरञ्जन र साहसिक अनुभव खोज्ने नेपाली तथा विदेशी पर्यटकका लागि वन्डरल्यान्ड नेपाल एक प्रमुख गन्तव्यको रूपमा स्थापित भइसकेको छ । यसअघि वन्डरल्यान्डले “एनडब्लुसी एमएमए” प्रतियोगिता र “गड इज वुमन” कन्सर्टजस्ता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यी कार्यक्रमहरूले आगन्तुकलाई विशेष अनुभव दिलाएको आयोजकको दाबी छ ।

ADV

सम्बन्धित खबर

Advertise