२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

सरकारका कदमहरू सुशासनका विरुद्धमा : पम्फा भुसाल

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते १३:३४
सरकारका कदमहरू सुशासनका विरुद्धमा : पम्फा भुसाल

काठमाडौं : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताएकी छन् ।

जनकपुरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानुनहरु ल्याउनेतिर लागेको आरोप लगाइन् ।

उनले सोहीअनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताइन् । उनले संघीयताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथि छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाइ गरिरहेको उल्लेख गरिन् ।

यस्तै शिक्षा विद्येयक पनि अड्काएर राखेको उनको आरोप छ । संविधानको मूल मर्मअनुरुप कानुन बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उनको जिकिर छ ।

उनले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिइन् ।

एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताका लागि वार्ता चलिरहेको, तर निष्कर्ष आउन बाँकी रहेको उनको भनाइ छ । यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उनले बताइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise