काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
आज तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँका कायम भएको थियो ।
यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला २ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सयमा १० रुपैयाँमा कारोबार भइरहेको छ ।