२०८२ भदौ १ गते आइतवार / Aug 17 , 2025 , Sunday
२०८२ भदौ १ गते आइतवार
Ads

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

shivam cement
मध्यान्ह
२०८२ भदौ १ गते ११:०२
ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित मानिएको अवार्ड हो । ग्लोबल आइएमई बैंकलाई यो अवार्ड ग्राहक सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधिको प्रयोग, वातावरणीय-सामाजिक क्षेत्रमा गरिएको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका आधारमा प्रदान गरिएको हो ।

युरो मनी म्यागजिन बैंक तथा वित्तीय क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि चर्चित छ । यस समूहमा बैंकिङ क्षेत्रमा ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू संलग्न छन् ।

यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक’ को सम्मान प्राप्त गर्न सफल भएको हो । यसअघि बैंकले २०२२ र २०२४ मा पनि युरो मनी अवार्ड फर एक्सलेन्सअन्तर्गत बेस्ट बैंक अवार्ड जितेको थियो । साथै, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पनि पाइसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सबै ७७ जिल्लामा शाखा सञ्जाल फैलाउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ ।

बैंकले भुक्तानी प्रणालीसँगै रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ । अमेरिकासहित संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै नेपाली नागरिकलाई सेवा दिँदै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise