२०८२ साउन ३१ गते शनिवार / Aug 16 , 2025 , Saturday
२०८२ साउन ३१ गते शनिवार
Ads

मेला उद्घाटनमा झडप, नगर प्रमुखसहित तीन जना घाइते

shivam cement
कृष्ण तिवारी
२०८२ साउन ३१ गते २०:१५
मेला उद्घाटनमा झडप, नगर प्रमुखसहित तीन जना घाइते

रौतहट : रौतहट देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलामा उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।

श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजना गरिएको मेलामा मेयर प्रेमलाल साह र स्थानीय रामबिनोद साह पक्षबीच विवाद उत्पन्न हुँदा झडप भएको हो । मेयर साह मठ परिसरमा मेलाको उद्घाटन गर्न पुगेपछि रामबिनोद साह पक्षले विरोध गर्दै उद्घाटन हुन नदिने अडान लिँदा दुबै पक्षबीच झडप भएको हो । 

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसहित इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धन सुन्दर ठाकुर र जगदिश यादव पनि घाइते भएका छन् ।  घाइतेहरूको उपचार गरुडास्थित एक निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा रामबिनोद साह, उनका करिब १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जना इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise