काठमाडौं : एनआईसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्सको सेवामा विशेष छुट हुने भएको छ । बैंक र अन्नपूर्ण न्युरोबीच भएको सम्झौताअनुसार सो छुट हुने भएको हो ।
यस समझदारीसँगै बैंकका ग्राहकले काठमाडौंमा रहेको अन्नपूर्ण न्युरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका हुन् । इन हाउस प्याथोलोजी, आउटसोर्सिङ टेस्ट, रेडियोलोजी, एम्बुलेन्स, जनरल बेड चार्ज, आइसियु र सर्जरी सेवामा सो छुट पाउनेगरी सम्झौता भएको हो ।
अस्पतालसँगको सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।