२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

प्रभु बैंकका ग्राहकलाई मेडिप्लसको सेवामा छुट

Nada
२०८२ साउन ३० गते २०:२५
Shares
प्रभु बैंकका ग्राहकलाई मेडिप्लसको सेवामा छुट

काठमाडौं : प्रभु बैंकका ग्राहक र कर्मचारीलाई पोखरा महानगरपालिका–११ रानीपौवा स्थित मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टरको सेवामा छुट हुने भएको छ । बैंक र हस्पिटलबबीच भएको सम्झौताअनुसार सो छुट हुने भएको हो ।

ncell

साउन २९ गते एक समारोहबीच हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र बैंकको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रभुका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर