२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

अवैध रूपमा चिनी जम्मा गरेको आशंकामा सशस्त्र प्रहरीको छापा

shivam cement
धर्मेन्द्रकुमार साह
२०८२ साउन ३० गते १८:४९
अवैध रूपमा चिनी जम्मा गरेको आशंकामा सशस्त्र प्रहरीको छापा

रौतहट : सशस्त्र प्रहरी रौतहटले गरुडा नगरपालिकाको एक घरमा छापा मारेको छ । तस्करीका सामग्री भण्डारण गरी राखिएको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी गण रौतहटले छापा मारेको हो l

गरुडा नगरपालिकाको शिवनगरमा रहेको एक घरमा छापा मार्दा भारतबाट अवैध ढंगले ल्याइराखेको अवस्थामा १०६ बोरा चिनी,९ बोरा सिमेन्ट, १० बोरा रासायनिक मल, १० बोरा सर्फ लगायतका करिब ४ लाख २० हजार ३ सय रुपैयाँ बराबरको समान बरामद गरिएको हो । बरामद गरिएका समानहरु गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

ADV

सम्बन्धित खबर

Advertise