२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

संसद् अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौं : रास्वपा

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते १३:२८
संसद् अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर जनताको मुद्दामा अघि बढ्छौं : रास्वपा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संसद् अवरोध अन्त्यका लागि संवादको ढोका खुला राखेर रास्वपा अघि बढिरहेको बताएका छन् ।

सभामुखुँग शुक्रबार सिंहदरबारमा भदौ महिनाको कार्यसूचीबारे छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले आफूहरुका मागहरु सुन्न नचाहेको भन्दै आफ्ना मागहरुप्रति सरकार गम्भीर बन्नुपर्ने बताए ।

सभामुख देवराज घिमिरेले त्यसका लागि पहल गरिदिएको पनि उनले बताए । उनले सभामुखसँग भदौ महिनाको कार्यतालिका बनाउने विषयमा छलफल भएको पनि बताए ।

उनले आगामी दिनको संसद कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल गरेको बताए । त्यस्तै संसद भदौको ४, ५ र ६ गते सञ्चालन गर्ने पनि उनले उल्लेख गरे ।

प्रमुख सचेतक परियारले सभामुख घिमिरेले सांसदहरु सबै उपस्थित भएर विधेयकहरुमाथि छलफल गर्दा राम्रो हुने बताएको पनि जानकारी दिए ।
 

ADV

सम्बन्धित खबर

Advertise