२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

पछिल्लो समय देशमै केही गरौं भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन् : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते ११:४७
पछिल्लो समय देशमै केही गरौं भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन् : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय देशमै केही गरौं भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताएका छन् ।

भक्तपुरमा शुक्रबार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू देशका विभिन्न स्थानमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताए ।

उनले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ । देशभित्रै सम्भावना र सम्भव रहेको पनि उनले बताए ।

आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठुलो चुनौती रहेको उनले बताए । गौरवशाली इतिहास र प्रकृतिबाट नै  आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताए । आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको उनले बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise