२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

चाडपर्वमा कमाउने दाउ, दैनिक उपभोग्य वस्तुमा बढ्न थाल्यो भाउ

shivam cement
२०८२ साउन ३० गते ०६:३०
चाडपर्वमा कमाउने दाउ, दैनिक उपभोग्य वस्तुमा बढ्न थाल्यो भाउ

काठमाडौं : चार्ड पर्व नजिकिँदै गर्दा उपभोग्य वस्तुको मूल्य व्यवसायीले आफूखुसी बढाउने क्रम सुरु भएको छ । चाडपर्वलाई कमाउने अवसरका रूपमा कृत्रिम अभाव सिर्जना गरेर उपभोक्तासँग चर्काे महँगो मूल्य लिन सुरु गरेका छन् ।

मुख्यगरी दैनिक उपभोग्य तथा लत्ताकपडामा विभिन्न कारण देखाउँदै मूल्यवृद्धि भइरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना बताउँछन् । नेपालीहरूको महत्वपूर्ण चार्ड तिज, दसैं, तिहार चाडपर्वका सुरु हुँदै गर्दा बजारमा उपभोग्य वस्तुको मूल्य बढ्न सुरु भइसकेको छ । अहिले पसलअनुसार खाद्यान्नको मूल्य फरकफरक छ । जसले दैनिक उपभोक्ता उत्पादन खरिद गर्दा उपभोक्ता सजिलै ठगिने गरेका छन् । चाडपर्वको सिजनलाई व्यवसायीले उपभोग्य वस्तु, लत्ताकपडादेखि तरकारीलगायतको मूल्य बढाउने गरेका छन् । उपभोक्ताले हरेक दिन बढेको मूल्यमा समान खरिद गरिरहेका छन् तर अनुगमन गर्ने निकायलाई त्यसमा खासै चिन्ता छैन । 

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र स्थानीय तहदेखि प्रदेश र संघीय सरकारबीच समन्यव हुनुपर्ने हो तर अन्तरनिकाय समन्यव छैन । 

अध्यक्ष तिमल्सिना भन्छन्, ‘मूल्यवृद्धिको अनुगमन गर्ने निकाय नै नागरिकको प्रथामिकताको विषयमा ध्यान दिँदैन । अनुगमनका लागि वार्षिक कार्ययोजना नै छैन । अन्तरनिकाय समन्यव गरेर काम नहुँदा अहिले व्यवसायी विभिन्न वाहनामा मूल्य बढाउन सुरु गरेका छन् ।’

चीनतर्फको बाटो बिग्रिएको, बाढीपहिरोले अन्य सडक पनि बिग्रिएको जस्ता बाहनावाजी गर्दै उपभोक्ताको अनुहार हेरर मूल्य निर्धारण गरिरहेका छन् । नियमन निकायले त्यसमा ध्यान दिएका छैन भने सत्ता पक्ष होस् वा प्रतिपक्ष कसैको पनि ध्यान बढ्दो मूल्यवृद्धि नियन्त्रणमा छैन । 

चाडपर्वका बेला मौकाको फाइदा उठाउँदै कालोबजारी बढ्ने हुँदा उपभोक्ता आफैंसचेत हुनुपर्ने अधिकारीकर्मी तिमल्सिना बताउँछन् । 

दैनिक बजार अनुगमन निरन्तर रूपमा भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ । विभागका निर्देशक भरतप्रसाद अचार्यले दैनिक ५ जनाको पाँचवटा टोलीले बजार अनुगमन भइरहेको बताए । उनले भने, ‘चाड नजिकिँदै छन् यस्तो बेलमा आफूखुसी मूल्य बढाउने हुँदा चाडपर्व लक्षित अनुगमन टोली दोब्बर बढाएर दैनिक उपभोग्य वस्तुलाई टार्गेट गर्दै अनुगमनको तयारी भइरहेको छ ।’ 

विभागले अनुगनका क्रममा मूल्यसूची, खरिद, बिलबिजक हेर्ने गरेको छ तर उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै मूल्य बढाएको विषयमा चासो राख्दैन त्यसको असर आमउपभोक्तालाई परिरहेको हुन्छ । 

ADV

सम्बन्धित खबर

Advertise