२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते २१:५१
नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङ समूहको उम्मेदवारी घोषणा

काठमाडौं : पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ  ।

गुरुङ समूहले बिहीबार पत्रकार सम्मेलन गरी संघको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । धादिङ रुवीभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् । उनले यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका छन् । 

संघको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विमलकुमार नहर्की, सचिव डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन् । 

यस्तै, सदस्यमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गिता राई र अशोक तामाङले उम्मेदवारी  घोषणा गरेका छन् । 

अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार  दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ  ध्यानाकर्षण गराउने उल्लेख गरे । 

उनले हिमालसँग सम्बन्धीत स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने  बताए । 

यस्तै, वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise