२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

समृद्धि फाइनान्सको वित्तीय विवरण सुधार

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते २१:४५
समृद्धि फाइनान्सको वित्तीय विवरण सुधार

काठमाडौं : समृद्धि फाइनान्सको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले चौथो त्रयमासमा ३ करोड १९ लाख नाफा कमाउन सफल भएको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ ।

उच्च रुपमा रहेको निष्कृय कर्जा एकल अंकमा ल्याउन सफल भएको छ  । अघिल्लो वर्षको सोहीअवधिमा १९.९३ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमाझरेको छ । प्रति सेयर आम्दानी ३ रुपैयाँ ९० पैसा रहेको छ ।

सानो व्यवसायिक आकारले गर्दा सञ्चालन नोक्सानीमा रहनु एवं उच्च मात्रामा निष्कृय कर्जा रहेकोमा क्रमिक रुपमा व्यवसाय वृद्धि गर्दै संस्था सञ्चालन मुनाफामा लैजाने दृढ अठोट संस्थाले लिएको छ ।पोखरा फाइनान्स लि.सँग मर्जर सम्झौता गरेको फाइनान्सले आगामी दिनमा अझ दरिलो, विश्वासिलो एवं सुदृढ फाइनान्सको रुपमा स्थापित भई सेयरधनीलाई उच्चतम लाभाशं प्रदान गर्ने अठोट लिएको छ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise