काठमाडौं : अन डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा अफिस प्रयोगकर्ताहरूका लागि प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको घोषणा गरेको छ । यो सेवा मात्र १००० रुपैयाँ बाट सुरु हुन्छ र मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ ।
उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, हावा चिसो नआउनु, आवाज आउनु, वा अत्यधिक बिजुली खपत हुनुजस्ता समस्याहरू आम देखिन्छन् । यस्ता समस्या समाधान गर्न वा रोकथाम गर्नका लागि प्रत्येक ६ महिनामा वा वर्षमा एक पटक एसीको सर्भिसिङ अनिवार्य हुन्छ ।गर्मी मौसममा एसी बिग्रनु भनेको असहज स्थिति झेल्नु हो ।
नियमित सर्भिसिङले मात्र एसीलाई राम्रो स्थितिमा राख्न, आयु बढाउन र चिसो तथा सफा हावा प्राप्त गर्न सकिन्छ । हाम्रो सेवाहरु छिटो र भरपर्दो तरिकाले अनुभवी र दक्ष प्राविधिकहरु मार्फत उपलब्ध छन् ।
ग्राहकहरूले आफ्नो सुविधाअनुसार सेवा बुक गर्न एप डाउनलोड गर्न सक्नेछन् । बुकिङ गर्दा इच्छाएको मिति र समय छान्न सकिने सुविधा हुनेछ, र प्रशिक्षित, अनुभवी र दक्ष प्राविधिकहरु तोकिएको समयमा सेवाका लागि घरमै पुग्नेछन् ।