२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

इजी रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते २१:४३
इजी रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं : इजी रेमिट र नियो मनी ट्रान्सफरबीच छिटो, भरपर्दो र सुरक्षित रेमिट्यान्स सेवा प्रदानको लागि भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै इजी रेमिटको माध्यमबाट नियो मनि ट्रान्सफर मार्फत नेपालका कुनैपनि बैंक खाता, वा भुक्तानी सेवा प्रदायकका वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् । यसका साथै नियो मनि ट्रान्सफरका स्थानीय एजेन्टहरुबाट  समेत रकम प्राप्त गर्न सकिनेछ ।

नयाँ साझेदारीले पैसा पठाउनको लाग एक भरपर्दो र आधिकारिक माध्यम प्रदान गर्नेछ,जसले अनौपचारक कारोबारको सट्टा सुरक्षित विकल्पलाई प्रोत्साहन गर्ने बताइएको छ । साझेदारीले इजीरेममटको ठूलो विश्वव्यापी सञ्जाल र नियो मनी ट्रान्सफरको नेपालभर फैलिएको बलियो सञ्जालले रेमिट्यान्स् भुक्तानीलाई अझ सहज र सरल बनाउने अपेक्षा गरिएको छ ।

‘इजीरेमिटसँग मिलेर अझ राम्रो रेमिट्यान्स सेवा दिन पाउनु हाम्रो लागि सम्मानको कुरा हो,’ नियो मनीट्रान्सफर सिईओ सागर खनालले भने । ‘हाम्रो संयुक्त प्रयासले पैसाको लेनदेनलाई छिटो र भरपर्दो बनाउनेछ, र यसरी औपचारक माध्यमको प्रयोगलाई बढावा दएर देशको वित्तीय प्रणालीलाई बलियो बनाउन मद्दत गर्नेछ भन्ने हामीलाई विश्वास छ ।’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise