२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

पोर्चुगलमा एक नेपाली युवाले गरे झुन्डिएर आत्महत्या

shivam cement
भरत प्रधान
२०८२ साउन २९ गते १७:४३
पोर्चुगलमा एक नेपाली युवाले गरे झुन्डिएर आत्महत्या

लिस्बन : वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् । 

विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका दोलखाको तामाकोशी गाउँपालिका–६, ढिकीचौरका ३३ वर्षीय अर्जुन आपगाईंले झुन्डिएर आत्महत्या गरेका हुन् । खाना खाएर सुत्न गएका आपगाईंले आइतबार बिहान भान्साकोठामा झुन्डिएर आत्महत्या गरेको पोर्चुगलमै रहेका उनका भाइ शिवजी आपगाईंले जानकारी दिए । सँगै बस्ने साथी राति कोठामा पूग्दा उनी भान्साकोठामा झुन्डिएको अवस्थामा देखेपछि दाजुका साथीहरूले आफूलाई खबर गरेको आपगाईंले बताए । 

दाजुले के कारणले आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको उनले बताए । दाजुको घटनाको विषयमा घरपरिवारलाई जानकारी गराइसकेको र दाजुको अन्त्यष्टि पोर्चुगलमै गर्ने पारिवारिक सल्लाह भएको बताउँदै उनले शव व्यवस्थापनका लागि पोर्चुगलस्थित नेपाली समुदायसँग सहयोगको याचनासमेत गरे ।

वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका उनी बेजास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । उनको शव परीक्षणका लागि बेजास्थित अस्पतालको शवगृहमा राखिएको छ । घरका जेठा सन्तानसमेत रहेका मृतक आपगाईंको वृद्ध बुबाआमा, श्रीमती, एक छोरी र एक छोरा नेपालमा रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise