काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलले आज बिहान भेटेर मधेशमा विद्यमान खानेपानीको समस्या समाधानका निम्ति सुझाव दिएको छ ।
भूमिगत जल तथा त्यसको उपयोगका सम्बन्धमा टोलीले सुझाव दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । भारतीय प्राविधिकको टोलीले निकट भविष्यमा मधेश प्रदेशका विभिन्न भागमा भूमिगत जलको उपलब्धको अध्ययन गर्ने जनाइएको छ ।