२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै

shivam cement
मध्यान्ह
२०८२ साउन २९ गते ०८:४७
ताप्लेजुङ गोल्डकप : रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ : यहाँ जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

यसअघि सहलेश पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । 

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु सात लाख २८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले रु तीन लाख ५० हजार ८२ प्राप्त गर्नेछ । 

 

ADV

सम्बन्धित खबर

Advertise