२०८२ साउन २९ गते बिहिवार / Aug 14 , 2025 , Thursday
२०८२ साउन २९ गते बिहिवार
Ads

सर्पदंशबाट बालकको मृत्यु

shivam cement
मनु यादव निरज
२०८२ साउन २८ गते २०:५०
सर्पदंशबाट बालकको मृत्यु

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर टोलमा सर्पले डसेर १२ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय शैलेन्द्र कुमार यादवका छोरा आदित्य राज यादवलाई मंगलबार राति करिब १० बजे घरमा सुतेको अवस्थामा सर्पले डसेको परिवारले जनाएको छ । 

सर्पदंशपछि बालकलाई प्रारम्भमा धामीझाँक्रीकहाँ लगिएको थियो । त्यसपछि उपचारका लागि नवराजपुरस्थित सर्पदंश उपचार केन्द्र पु¥याइएपनि अवस्था गम्भीर भएकाले उनलाई प्रादेशिक अस्पताल लहान, सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी कैलाश राईका अनुसार अस्पतालमा उपचारका क्रममा मंगलबार राति करिब ४ बजे बालकको मृत्यु भएको हो । 

ADV

सम्बन्धित खबर

Advertise