२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि

Nada
२०८२ साउन २८ गते १७:१३
Shares
एन्फा महिला लिग क्वालिफायर साउन २९ देखि

काठमाडौंः अखिल नेपाल फुटबल संघको आयोजना आगामी साउन २९ देखि एन्फा महिला लिग क्वालिफायर सुरु भएको छ ।

ncell

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार एन्फाले पत्रकार सम्मेलन आयोजना गर्दै क्वालिफायरको तयारी पूरा भएको जनाएको हो । लिगका खेलहरू एन्फा कम्प्लेक्स मैदानमा र च्यासलस्थित च्यासल मैदानमा हुने भएका छन् ।

एन्फा महिला लिग क्वालिफायरमा न्युरोड टिम, स्टुडेन्ट फुटबल क्लव, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लव, राप्ती फुटबल क्लव, एनबिएम पोखरा एफसी, नेपाल खेलकुद क्लव, लम्की फुटबल एण्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी राइले, चर्च ब्वाइज युनाइटेड, छाहारी युवा क्लव, बुटवल लुम्बिनी एफसी र संकटा क्लव गरी कुल १४ क्लबले छनोट खेल्नेछन् । 

यो प्रतियोगिताबाट कुल पाँच टोली महिला लिगका लागि छनोट हुनेछन् । कुल १४ वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६ खेल हुनेछन् । दुवै समूहको विजेता र उपविजेता स्वत छनोट हुने प्रावधान छ । समूहका तेस्रो स्थानमा रहने टोलीबीच नकआउट प्रतिस्पर्धा हुने र विजेता छनोट हुनेछ । 

 

ताजा खबर

सम्बन्धित खबर