२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

क्यान्सर पीडित बालक पासवानको उपचारका लागि आर्थिक सहयोगको अपिल

shivam cement
मनु यादव निरज
२०८२ साउन २८ गते १२:१६
क्यान्सर पीडित बालक पासवानको उपचारका लागि आर्थिक सहयोगको अपिल

सिरहा : सिरहाको भगवानपुर गाउँपालिका-५ इनर्वाका ९ वर्षीय अक्षयकुमार पासवान ब्लड क्यान्सरबाट पीडित भएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि उनको परिवारले देश–विदेशका सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ ।

अक्षयका बुबा राजेशकुमार पासवानका अनुसार छोराको उपचार भरतपुरस्थित बिपी कोइराला मेमोरीयल क्यान्सर अस्पतालमा भइरहेको छ । तर घरको कमजोर आर्थिक अवस्थाका कारण आवश्यक उपचार खर्च जुटाउन कठिनाइ भएको उनले बताए ।

“हामीसँग रकम जुटाउने स्रोत छैन । अझै ठुलो रकमको आवश्यकता छ । मेरा लागि छोरालाई बचाउन सक्नु नै मेरो जीवन जस्तै हो,” बुबा पासवानले भावुक हुँदै भने ।

अक्षय परिवारको पहिलो सन्तान हुन् । थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग अभियान सञ्चालन गरिएको चन्द्र नारायण यादवले जानकारी दिए ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले मोबाइल नम्बर ९८१३९८५७५० मा सम्पर्क गर्न वा नेपाल एसबीआई बैंक लिमिटेडमा राजेश कुमार पासवानको नाममा रहेको खाता नम्बर २३०१५२४९९०१३८४ मा रकम जम्मा गर्न सक्नेछन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise