२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन २८ गते ११:११
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने भएका हुन् । 

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्केका थिए । प्रतिनिधि सभाको बैठक अपराह्न १:०० बजे हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise