२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

आईआरजीडीडी र स्पेनी चेम्बरबीच व्यापार प्रवर्धनबारे छलफल

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते २१:४३
आईआरजीडीडी र स्पेनी चेम्बरबीच व्यापार प्रवर्धनबारे छलफल

काठमाडौं : नेपालको इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजिडिडी) र स्पेनी चेम्बर अफ कमर्सबीच दुई देशबीच विभिन्न क्षेत्रमा पारस्परिक लाभ प्रवर्धन गर्ने विषयमा छलफल भएको छ । आईआरजीडीडीकी अध्यक्ष डा. शर्मिला पराजुली ढकाल मंगलबार विशालनगरस्थित आइआरजिडिडीको कार्यालयमा स्पेनी चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलाडा रियारा इ रेनेबीच द्विपक्षीय छलफल भएको हो । 

स्पेन र ओमानका लागि पूर्वराजदूत डा. ढकाल र रियारा इ रेनेले दुई देशको हितका लागि व्यापार प्रवर्धन, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, पर्यटन र सांस्कृतिक कूटनीति, शिक्षा र सीप विकास, ज्ञान आदानप्रदान र थप विषयमा कुराकानी गरेका हुन् ।

सो अवसरमा डा. ढकाल र महानिर्देशक रियारा इ रेनेको साथै आइआरजिडिडीका कालीप्रसाद पोखरेल र विमल ढकालको पनि उपस्थिति रहेको थियो । आइआरजिडिडी नेपालमा रहेको एक स्वतन्त्र, गैर–पक्षीय र गैर–नाफामुखी थिंक ट्यांक हो ।

साथै, स्पेनी चेम्बर अफ कमर्स स्पेनमा व्यापार, उद्योग, सेवाहरू र ढुवानीको हित प्रतिनिधित्व, प्रवर्धन र रक्षा गर्ने सार्वजनिक (सरकारी) संस्था हो । सो संस्थाले स्पेन र विदेशी व्यवसायबीच सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise