२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

सल्यानमा पहिलो खलंगा गोल्डकप फुटबल प्रतियोगिता सुरु

shivam cement
प्रदीप मगर
२०८२ साउन २७ गते १९:१५
सल्यानमा पहिलो खलंगा गोल्डकप फुटबल प्रतियोगिता सुरु

सल्यान : सल्यानमा मंगलबारदेखि प्रथम खलंगा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सुरु भएको छ । परिवर्तन युथ स्पोर्ट्स क्लबको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने क्लबका अध्यक्ष विशाल गिरीले जानकारी दिए ।

२६औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको उनले बताए । “यो प्रतियोगितामार्फत स्थानीय खेलाडीलाई अवसर दिने र उनीहरूको क्षमता उजागर गर्ने लक्ष्य लिएका छौं । खेलकुदमै भविष्य देखाउने वातावरण बनाउन चाहन्छौं,” अध्यक्ष गिरीले भने ।

प्रतियोगितामा जिल्लाभित्रका सात वटा फुटबल टिम सहभागी छन् । त्रिभुवन जनमाध्यमिक विद्यालयको प्रांगणमा सुरु भएको प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, दोस्रो हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने क्लबले जनाएको छ ।

कार्यक्रमको उद्घाटन शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटाले गरेकी हुन् । उनले खेलकुदका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै अगाडि बढिरहेको र खेलाडीहरूलाई निरन्तर हौसला प्रदान गर्ने बताइन् । “खेलकुद स्वास्थ्य मात्र होइन, भविष्य निर्माणको माध्यम पनि हो, यो प्रतियोगिताको लागी पनि नगरपालिकाले आर्थिक सहयोग गरेको छ,” उनले भनिन् । 

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खेलकुदले स्वास्थ्यसँगै युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच, अनुशासन र सामाजिक एकता प्रवर्धनमा समेत योगदान दिने बताए । “यस क्षेत्रमा निरन्तर लगानी आवश्यक छ,” देवकोटाले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise