२०८२ साउन २८ गते बुधवार / Aug 13 , 2025 , Wednesday
२०८२ साउन २८ गते बुधवार
Ads

कैदीको मृत्यु भएपछि आफन्तहरुले गरे प्रदर्शन

shivam cement
मध्यान्ह
२०८२ साउन २७ गते १६:००
कैदीको मृत्यु भएपछि आफन्तहरुले गरे प्रदर्शन

पर्सा : पर्सामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ । मृतक कैदी साहका आफन्तहरुले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो । बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का सदस्य जगदिश साहले प्रशासनको कमजोरीका कारण घटना भएको बताए । उनले शव आफूहरुले नबुझ्ने बताए । प्रशासनले जानीजानी साहलाई मारेको उनको आरोप छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise