२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नाइमा एक्स्पोमा एक लाखले गरे अवलोकन

Nada
२०८२ साउन २६ गते २१:३७
Shares
नाइमा एक्स्पोमा एक लाखले गरे अवलोकन

काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) एक लाखभन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन् । 

ncell

समापन समारोहमा नाइमाका अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढि सफल भएको बताइन् । ‘यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री,मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकास गरेको अनुभव भएको छ ।’ अध्यक्ष वैद्यले भनिन् ।  

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँचदिनसम्म निरन्तर सिकाईका सत्रहरु संचालनगरी नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिवद्घ छ भन्ने सन्देश प्रवाह गरेको बताए । 

सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो– नाइमा नेपालमोविलिटी एक्स्पो २०२५ मा पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन तेह्र हजार पाँच सय, तेश्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँचसय, पाँचौ दिन बाइस हजार, र छैठौं दिन सात हजार आठ सय दर्शकहरुले अवलोकन गरे । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए । 

ताजा खबर

सम्बन्धित खबर