२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भदौ ३ गतेदेखि नाडा अटो सो, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

Nada
२०८२ साउन २६ गते १२:२३
Shares
भदौ ३ गतेदेखि नाडा अटो सो, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं : आगामी भदौ ३ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १७औं नाडा अटो सो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

ncell

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो ।

भेटमा प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन आफूहरूले गरेको आग्रहलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेको नाडा अध्यक्ष चौधरीले बताए । उनले यसबाट अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्राण्ड, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान र विन्टेज मोटर सो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री बोट्स् र दिपल भीटीओएल यूएभीजस्ता प्रविधि रहने अध्यक्ष  चौधरीले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर