२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

निर्धारित समयमा रंगशाला निर्माण सम्पन्न हुनुपर्छ : प्रचण्ड

shivam cement
मध्यान्ह
२०८२ साउन २५ गते १३:४७
निर्धारित समयमा रंगशाला निर्माण सम्पन्न हुनुपर्छ : प्रचण्ड

चितवन : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

आज रंगशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए । उनले रंगशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इञ्जिनियर सन्तोष आचार्यले रंगशालाको प्रगति बारेमा जानकारी गराएका थिइन् । उनले हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिइन् । भरतपुर महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशाला निर्माणाधीन छ ।

रंगशाला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रंगशालाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise