२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

सानिमा रिलायन्सको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते २०:२७
सानिमा रिलायन्सको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न

काठमाडौं : सानिमा रिलायन्स लाइफले ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न गरेको छ । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रमको रूपमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले गत वर्ष आर्थिक वर्षमा ७ सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिएका छन् । यस्तै, कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारेका थिए ।

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर शाखा, उपशाखा प्रमुख , मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूलाई सम्मानित गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमालेखहरू मार्फत ग्राहक संख्या विस्तार गरिने बताए ।

कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए । कार्यक्रमान प्रख्यात स्पिकर मान्सी अग्रवालले असल नेतृत्वमा हुनु पर्ने गुणहरूको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेकी थिइन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise