२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते २०:२६
नेशनल लाइफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनले ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरूलाई सम्मान र पुरस्कृत गर्ने उद्देश्यले सो सम्मेलन आयोजना गरिएको थियो । कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिँहले पानसमा दीप प्रज्वलन गर्दै सुरु गरिएको सो सम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरू गरी १ सय ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागी भएका कर्मचारीहरूलाई व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise