२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गोसाइँकुण्डमा नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच

Nada
२०८२ साउन २३ गते २०:२५
Shares
गोसाइँकुण्डमा नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच

काठमाडौं : नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ । टेलिकमले रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार तीन सय मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।

ncell

टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तीर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएकोे जनाएको छ ।

नेटवर्क विस्तारसँगै गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २ सय मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि फोरजी नेटवर्क समेत विस्तार गर्ने योजना समेत रहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर