२०८२ साउन २५ गते आइतवार / Aug 10 , 2025 , Sunday
२०८२ साउन २५ गते आइतवार
Ads

नबिल बैंकलाई दुई उपाधि

shivam cement
मध्यान्ह
२०८२ साउन २३ गते २०:२३
नबिल बैंकलाई दुई उपाधि

काठमाडौं : नबिल बैंकले एसियन बैंकिङ एन्ड फाइनान्स अवार्ड २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो ।

अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धता, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो । यसैगरी, बैंकले मुलुकका  महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड  प्राप्त गरेको हो ।

‘यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन्, हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने । उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise