काठमाडौं : माइडियाले दुई अत्याधुनिक एयर प्युरिफायर केजे५००जी–एफ११ र केजे४००जी–जेड१ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
यी मोडेल स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धीकरण क्षमतासहित नेपालका घर, अफिस र व्यावसायिक स्थानहरूका लागि उपयुक्त हुन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू तयार गरिएको छ ।