२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो भिडियो केवाइसी सेवा

Nada
२०८२ साउन २१ गते २१:०६
Shares
मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो भिडियो केवाइसी सेवा

काठमाडौं : मञ्जुश्री फाइनान्सले भिडियो केवाइसी सेवा सार्वजनिक गरेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै फाइनान्सले डिजिटल माध्यमबाट सहज र सरल सेवा प्रदान गर्ने उद्देश्यका साथसेवा सुरु गरेको जसले ग्राहकको समय बचत गर्नुका साथै शाखामा पुग्नु पर्ने झन्झटलाई अन्त्य गर्ने जनाएको छ ।

ncell

ग्राहकहरूको माग तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई समेत ध्यानमा राखी सुरु गरिएको यो सेवा फाइनान्सले प्रविधिमा आधारित सेवा विस्तारतर्फ लिएको अर्को कदम भएको फाइनान्सले जनाएको छ ।

हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको फाइनान्सले करिब १८ अर्ब ६० करोड रुपैयाँ कर्जा परिचालन गरिसकेको छ । यस संस्थाले आकर्षक ब्याजदरमा निक्षेप संकलन गर्दै सुलभ दरमा कर्जा प्रवाह गरिरहेको छ।

ताजा खबर

सम्बन्धित खबर