२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

टी ३५२ एक्स र टी २५२ एक्स नाइमा एक्स्पोमा

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते २१:००
टी ३५२ एक्स र टी २५२ एक्स नाइमा एक्स्पोमा

काठमाडौं : मोर्बिडेली नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा आफ्ना दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित टी ३५२ एक्स र टी २५२ एक्स सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार मोर्बिडेली टी ३५२ एक्स उच्च प्रदर्शन र साहसिक क्षमताको एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो । जसको सोरुम मूल्य ९ लाख ९७ हजार रुपैयाँ रहेको छ भने एक्स्पोमा बुक गर्दा ९ लाख २३ हजार रुपैयाँमै पाउन सकिने कम्पनीले जनाएको छ । 

त्यस्तै, मोर्बिडेली टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ । मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरेले बिक्रीपछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पाट्र्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise