२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

नाइमा एक्स्पोमा ‘प्रोटोन इमास–७’को अफर

shivam cement
मध्यान्ह
२०८२ साउन २१ गते २०:५९
नाइमा एक्स्पोमा ‘प्रोटोन इमास–७’को अफर

काठमाडौं : जगदम्बा मोटर्सले ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा ‘प्रोटोन इमास–७’ मा विशेष अफर घोषणा गरेको छ । कम्पनीले देशभरि आफ्नो सेवा सञ्जाल विस्तार गर्ने योजना सार्वजनिक गर्दै नयाँ अफर घोषणा गरेको हो ।

सन् २०२५ सकिँदासम्म देशभरि १२ वटा सोरुम र सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना कम्पनीको छ । जसमध्ये हाल तीनवटा सोरुमबाट ग्राहक सेवा प्रदान भइरहेको कम्पनीले जनाएको छ । त्यस्तै, सरल र सहज वारेन्टी दाबी प्रक्रिया, चार्जिङ स्टेसनलगायत ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र सेवा प्रदानमा उच्चतम स्तर कायम राख्ने उद्देश्यले योजना तयार गरिएको कम्पनीको भनाइ छ ।

नाइमा मोबिलिटी एक्स्पोमा घोषणा गरिएका अफरमा जगदम्बा फाइनान्सिङमार्फत चार वर्षका लागि शून्य प्रतिशत ब्याजदर जसअन्तर्गत ६० मिनेटभित्र ऋण स्वीकृत गर्ने गरिएको कम्पनीले जानकारी दिएको छ । साथै, ब्याट्रीमा आठ वर्षको अनलिमिटेड माइलेज वारेन्टी, २ लाख ९९ हजारको सिधा नगद छुट साथै थप सुविधा, एक्स्चेन्ज उत्कृष्ट मूल्यांकन, पुरानो गाडीको उच्चतम मूल्य सुनिश्चित पाइने व्यवस्था गरेको छ ।

‘प्रोटोन इमास ७ को आगमन र हाम्रो सेवा सञ्जालको विस्तारसँगै हामी प्रत्येक नेपाली ग्राहकका लागि विद्युतीय सवारीलाई अझ पहुँचयोग्य, भरपर्दो र आकर्षक बनाउन प्रतिबद्ध छौं,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise