२०८२ साउन २२ गते बिहिवार / Aug 07 , 2025 , Thursday
२०८२ साउन २२ गते बिहिवार
Ads

उदयपुरमा करेन्ट लाग्दा बालकको मृत्यु, डिजेल सेवन गर्दा वृद्धको ज्यान गयो

shivam cement
बिन्द्र राई
२०८२ साउन २१ गते २०:५५
उदयपुरमा करेन्ट लाग्दा बालकको मृत्यु, डिजेल सेवन गर्दा वृद्धको ज्यान गयो

उदयपुर : उदयपुरमा दुई फरक घटनामा एक बालक र एक वृद्धको ज्यान गएको छ । त्रियुगा नगरपालिका–७ भण्टाबारीका ११ वर्षीय दर्शन बिकको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार राति आफ्नै घरको बिजुली बत्तिको होल्डरमा बल्ब जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, चौदण्डीगढी नगरपालिका–६ सुगारेका ९३ वर्षीय अन्त नारायण श्रेष्ठको डिजेल सेवनबाट मृत्यु भएको छ । मंगलबार राति घरमै श्रेष्ठले पानीको बोतलमा राखिएको डिजेललाई अन्जानमै पिएको प्रहरीले जनाएको छ ।

डिजेल सेवनपछि श्रेष्ठलाई नगर अस्पताल चौदण्डीगढी हुँदै थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा बुधबार उनको निधन भएको प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise