२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट

Nada
२०८२ साउन १९ गते २१:०२
Shares
नेपाल बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा छुट

काठमाडौं : नेपाल बैंकका कर्मचारी र ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रालिको सेवामा छुट हुने भएको छ । कर्मचारी र ग्राहकले स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट पाउने सम्झौता भएको हो ।

ncell

नेपाल बैंकमा कार्यरत कर्मचारी र ग्राहकलाई प्याथोलोजी ल्याबको विविध सेवाका लागि (निःशुल्क होम डेलिभरीको सुविधासहित) र औषधी खरिदमा लाग्ने शुल्कहरूमा बिल रकमको ७ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट हुने सम्झौता गरिएको छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र अल्फा हेल्थ केयरका ल्याब निर्देशक डा. आभाष कोइरालाले हस्ताक्षर गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर