२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

shivam cement
मध्यान्ह
२०८२ साउन १९ गते १५:४९
माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ । सोमबार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति तय गरेर वार्ता गर्ने निर्णय भएको बताए । बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको उनले बताए ।

उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ । छिट्टै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ । आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ ।’

प्रवक्ता सापकोटाले समसामयिक राजनीतिका बारेमा पनि छलफल भएको बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise