२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आईएमई लाइफका बिमितलाई ओम हस्पिटलमा छुट हुने

Nada
२०८२ साउन १८ गते २१:२९
Shares
आईएमई लाइफका बिमितलाई ओम हस्पिटलमा छुट हुने

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीलाई अब ओम हस्पिटलको उपचार सेवामा छुट हुने भएको छ । इन्स्योरेन्स कम्पनी र हस्पिटलबीच भएको सम्झौतअनुसार इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता र कर्मचारीलाई हस्पिटलमा सेवा लिँदा १० प्रतिशत छुट हुने भएको हो ।

ncell

साथै, सम्झौताअनुसार हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियतसमेत दिइने जनाइएको छ । सो छुट सुविधा प्राप्त गर्न कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् । साथै, अभिकर्ता र कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी सो छुट सुविधाको लाभ लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर

सम्बन्धित खबर