२०८२ साउन १९ गते सोमवार / Aug 04 , 2025 , Monday
२०८२ साउन १९ गते सोमवार
Ads

नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारी

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते २१:२८
नेपाल चेम्बर र श्रीलंका चेम्बरबीच रणनीतिक साझेदारी

काठमाडौं : नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलंकन चेम्बर अफ स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई)बीच रणनीतिक साझेदारी सम्झौता भएको छ । दुई संस्थाबीच साना तथा मझौला उद्यम प्रवर्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको हो ।

श्रीलंकाका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको उपस्थितिमा सम्झौतापत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी सिल्भाले हस्ताक्षर गरेका छन् । श्रीलंकास्थित नेपाली राजदूतावासको समन्वयमा यो रणनीतिक साझेदारीको सम्झौता भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

दुई संस्थाबीच साना तथा मझौला उद्यमहरूको प्रवर्धन, दुई देशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलंकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साना तथा मझौला उद्यममा एकअर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठीजस्ता विषयमा सहकार्य गर्ने विषयमा भएको हो ।

यस्तै, दुवै देशका चेम्बर प्रतिनिधिबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानीजस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ । साना तथा मझौला उद्यमीद्वारा उत्पादित वस्तुहरूको एकअर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्न नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise