२०८२ साउन १८ गते आइतवार / Aug 03 , 2025 , Sunday
२०८२ साउन १८ गते आइतवार
Ads

जनार्दन लक्षित प्रचण्डको टिप्पणी- ‘गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ’

shivam cement
मध्यान्ह
२०८२ साउन १८ गते १८:५२
जनार्दन लक्षित प्रचण्डको टिप्पणी- ‘गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए । सोही विषयमा सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले गल्ती गर्नेले आत्मोलाचना गर्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘अहिले छलफल चलिरहेको छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।’

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा आइतबार १९ जनाले आफ्ना धारणा राखेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise